चीनको सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ।
चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ।
बेइजिङ समयअनुसार मंगलबार बिहान ९ः०५ बजे बिहान सिगाजे शहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनसिपमा केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो।
सो भूकम्पमा परी मंगलबार दिउँसो ३ बजेसम्म कुल ९५ जनाको मृत्यु भएको पुष्टि भएको हो भने अन्य १३० जना घाइते छन्।
भूकम्पको केन्द्रबिन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब ६ हजार ९०० मानिस रहेका छन्। डिङ्ग्री काउन्टीमा ६१ हजारभन्दा बढी जनसंख्या रहेको आधिकारिक तथ्यांकले देखाएको छ।
भूकम्प प्रभावित क्षेत्रमा तीन हजार ४०० भन्दा बढी उद्धारकर्ता र ३४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको छ।
मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिन डिङ्ग्रीको न्यूनतम तापक्रम माइनस १८ देखि माइनस १४ डिग्री सेल्सियससम्म रहने छ।
राष्ट्रपति सी जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिएका छन्। घाइतेहरूको उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न, भूकम्प प्रभावित बासिन्दालाई उचित पुनर्स्थापना गर्न पनि आग्रह गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
