भारत निर्वाचन आयोगले दिल्ली विधानसभा निर्वाचन फेब्रुअरी ५ मा एकै चरणमा सम्पन्न गर्ने घोषणा गरेको छ।
भारतको दिल्ली विधानसभा निर्वाचन फेब्रुअरी ५ मा एकै चरणमा हुने भएको छ। भारत निर्वाचन आयोगले मंगलबार दिल्ली विधानसभा निर्वाचनको मिति घोषणा गरेको हो। निर्वाचनको नतिजा तीन दिनपछि अर्थात् फेब्रुअरी ८ मा आउनेछ।
मुख्य निर्वाचन आयुक्त राजीव कुमारका अनुसार दिल्लीको ९० विधानसभा सिटमध्ये १२ आरक्षित र बाँकी ५८ सामान्य सिट छन्। दिल्लीमा ८३.४९ लाख पुरुष र ७१.७४ लाख महिला गरी कुल १.५५ करोड मतदाता छन्। राजधानी शहर दिल्ली विधानसभा निर्वाचनका लागि १३ हजारभन्दा बढी मतदान केन्द्र रहने आयोगले जनाएको छ।
आम आदमी पार्टीले दिल्लीका सबै ७० सिटका लागि उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ। साथै, अहिलेसम्म भाजपाले २९ र कांग्रेसले ४० भन्दा बढी सिटका लागि उम्मेदवारको सूची सार्वजनिक गरेका बीबीसीले जनाएको छ।
यसअघि सन् २०२० को निर्वाचनमा आम आदमी पार्टीले ६० भन्दा बढी सिट जितेको थियो भने भाजपाले आठ सिट। कांग्रेसले भने जितको खातै खोल्न सकेको थिएन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
