सीआईबीले ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ गरेको छ।
काठमाडौँ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा नेपाल कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ गरेको छ। सीआईबीले मंगलबार लाजिम्पाटस्थित कार्यालयमा बोलाएर गुरुङसँग सोधपुछ गरेको हो।
सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले गुरुङसँग मितेरी सहकारी ठगी प्रकरणका बारेमा सोधपुछ गरिएको जानकारी दिए। “हामीले उहाँलाई बोलाएर घटना विवरण कागज गराएर आवश्यक सोधपुछ गर्ने काम गरेका छौँ,” उनले उकालोसँग भने, “अनुसन्धानमा सहयोग गर्छु। निष्पक्ष अनुसन्धान गर्दिनूस् भन्ने उहाँको भनाइ थियो।”
सीआईबीले अहिलेसम्मको अनुसन्धानका क्रममा संकलित प्रमाणलगायत विभिन्न विषयमा गुरुङसँग चार घण्टा सोधपुछ गरेको थियो। गुरुङसँग गत कात्तिक २८ मा पनि सीआईबीले सोधपुछ गरेको थियो।
सहकारी ठगी प्रकरणमा सत्तारूढ दलसँग जोडिएका विभिन्न व्यक्तिलाई उन्मुक्ति दिइएको भन्दै आलोचना भइरहेका बेला सीआईबीले गुरुङलाई बोलाएर दोस्रो पटक सोधपुछ गरेको हो।
मितेरी सहकारीको साढे १२ करोड हिनामिना गरेको भन्दै सहकारीका सचिव बोधविक्रम थापाले महाप्रबन्धक ज्योति गुरुङसहित पाँच जनाविरुद्ध सीआईबीमा उजुरी दिएका थिए। उक्त उजुरीपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो।
यो पनि – सहकारी प्रकरणः धनराज गुरुङका बैंक खाता खोतल्दै सीआईबी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
