तराईमा हुस्सु र कुहिरो, कोशीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। 

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहनेछ। तराईको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

राति कोशीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। कोशीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।