सन् २०२३ मा इरानमा कम्तीमा ८५३ जनालाई मृत्युदण्ड दिइएको थियो। गत डिसेम्बरको एकै हप्तामा ४० जनालाई मृत्युदण्ड दिएको छ।
इरानले सन् २०२४ मा ९०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
सन् २०२३ मा इरानमा कम्तीमा ८५३ जनालाई मृत्युदण्ड दिइएको थियो। सन् २०२४ डिसेम्बरको एकै हप्तामा करिब ४० जनालाई मृत्युदण्ड दिइएको थियो।
“हामीले इरानमा मृत्युदण्ड पाउने व्यक्तिको संख्यामा वृद्धि देखिरहनु अत्यन्त चिन्ताजनक छ,” राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले भने, “इरानले मृत्युदण्डको यो बढ्दो लहरलाई रोक्ने समय आएको छ।”
इरानले हत्या, लागुऔषध तस्करी, बलात्कार र यौन दुर्व्यवहारलगायत प्रमुख अपराधका लागि मृत्युदण्डको सजाय प्रयोग गर्छ।
राष्ट्रसंघका अनुसार इरानमा मृत्युदण्ड दिइएका महिलाको संख्यामा पनि वृद्धि भएको छ। सन् २०२४ मा इरानमा कम्तीमा ३१ महिलालाई मृत्युदण्ड दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
