सन् २०२३ को तुलनामा गएको वर्ष मनासलु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या १ हजार ४२८ जनाले बढी छ। सबैभन्दा धेरै फ्रान्सबाट आएका छन्।
गोरखा– उत्तरी गोरखाको मनासलु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन्। सन् २०२४ मा १० हजार ६०५ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेको मनासलु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए।
सन् २०२३ को तुलनामा गएको वर्ष १ हजार ४२८ जना बढी विदेशी पर्यटक मनासलु क्षेत्रको भ्रमणमा पुगेको उनले बताए। अघिल्लो वर्ष ९ हजार १७७ विदेशी पर्यटक मनासलु क्षेत्र घुम्न पुगेका थिए। “गत वर्ष अहिलेसम्मकै सबैभन्दा विदेशी पर्यटक आएका छन्,” उनले भने।
मनासलु क्षेत्र घुम्न पुग्ने पर्यटकमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका भन्दा तेस्रो मुलुकका विदेशी पर्यटक बढी छन्। सन् २०२४ मा सबैभन्दा धेरै फ्रान्सबाट १ हजार ३३५ जना पर्यटकले मनासलु क्षेत्रको भ्रमण गरेको पाइएको छ।
यस्तै, १ हजार १८१ जना जर्मनी नागरिक, ७९६ जना अमेरिकी नागरिक रहेको कार्यालयको तथ्यांक छ। सार्क राष्ट्रमध्ये भारतबाट सबैभन्दा धेरै १५९ जना पर्यटकले मनासलु पदयात्रा गरेका छन्। नेदरल्यान्डस्, जर्मनी, बेलायत, अस्ट्रेलिया, स्पेन, चीनलगायत देशबाट विदेशी पर्यटक मनासलु क्षेत्र घुम्न पुग्ने गरेको उनको भनाइ छ। मनासलु पदमार्गमा घुम्न जाने पर्यटकले नुब्री भ्यालीतर्फ कुल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनासलु हिमाल, वीरेन्द्र तालको अवलोकन गर्दै लार्केपास गरेर मनाङ पुग्न सक्ने छन्।
चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित श्रृगी हिमाल, राजेन गुम्बालगायत गुम्बाको अवलोकन गर्न पाउनेछन्। मनासलु क्षेत्रमा प्राकृतिक सौन्दर्यतासँगै पर्यटकले हिमचिुतवा, नाउर, घोरल, डाँफे, मुनाल, चौँरी सामिप्यतामा समेत रमाउने अवसर पाउने गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
