पोल्यान्ड पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

वैदेशिक रोजगारीमा पोल्यान्ड पठाइदिन्छु भन्दै ८१ लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्।

काठमाडौँ– वैदेशिक रोजगारीमा पोल्यान्ड पठाइदिन्छु भन्दै ८१ लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्।

सप्तरी विष्णुपुर गाउँपालिका–७ का  ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका  ३७ वर्षीय राजेश बरामलाई मंगलबार पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ। अभियुक्त कृष्णले पोल्यान्ड पठाइदिन्छु भन्दै विभिन्न पीडितबाट ७२ लाख ४८ हजार १५० र राजेशले ८ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

पीडितको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कृष्णलाई काठमाडौँ महानगरपालिका–३१ बाट र राजेशलाई काठमाडौँ टेकुबाट पक्राउ गरेको हो। उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर  पठाइएको छ।