आज नेप्से परिसूचक ६.३८ अंकले बढेर २ हजार ६५३.२३ को विन्दुमा कायम भएको हो।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक ६.३८ अंकले बढेर २ हजार ६५३.२३ को विन्दुमा कायम भएको हो।
३०५ कम्पनीको १ करोड ५५ लाख २ हजार ७७१ कित्ता शेयर ७२ हजार १२० पटक खरिदबिक्री हुँदा ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७८४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा विकास बैंक २.५३, वित्त ४.७०, जलविद्युत् ०.२६, जीवन बिमा ०.४७, उत्पादन तथा प्रशोधन ०.४० र लघुवित्त उपसमूह १.५९ प्रतिशतले बढेका छन्। अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै व्यापार १.५६ प्रतिशतले घटेको छ। यस्तै, लगानी ०.३८, बैंकिङ ०.२६, होटल तथा पर्यटन ०.०६, म्युचुअल फन्ड ०.१०, निर्जीवन बिमा ०.१३ र अन्य समूह ०.२६ प्रतिशतले घटेका छन्।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
आज सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको २२ करोड ५३ लाख ४९ हजार ५९७ रुपैयाँको कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
