तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा विभिन्न कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहने छ।
बाँके– नेपालगन्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मोमो महोत्सव आयोजना हुने भएको छ। नयाँ वर्ष २०२५ को शुरूआतसँगै दोस्रो मोमो महोत्सव गर्न लागिएको हो।
सिद्धार्थ हस्पिटालिटीको आयोजामा यही पुस २५, २६ र २७ गते दोस्रो मोमो महोत्सव हुने बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत कटेजका प्रबन्ध सञ्चालक पदम न्यौपानेले जानकारी दिए। सिद्धार्थले यसअघि विसं २०८० माघ ११, १२ र १३ गते पहिलो मोमो महोत्सव आयोजना गरेको थियो। पहिलो संस्करणमा ४० भन्दा बढी प्रकारका मोमो राखिएको भन्दै मोमोका सबै परिकारलाई देशभरि चिनाउने उद्देश्यले दोस्रो संस्करणको महोत्सव आयोजना गर्न लागिएको सञ्चालक न्याैपानेले बताए।
उनका अनुसार तीन दिनसम्म चल्ने उक्त महोत्सवमा प्रत्येक दिन फरकफरक कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहने छ। पहिलो दिन स्थानीय कलाकारलाई प्राथमिकता दिँदै मोहिनी पौडेलसहितको टिमले नृत्य प्रस्तुत गर्नेछन् भने दोस्रो दिन नेपालगन्जको ‘लाइभ ब्यान्ड द समय ब्यान्ड’ सँगसँगै मोमो बनाउने र पकाउने प्रतियोगिता हुनेछ।
मोमो बनाउने र पकाउने प्रतियोगिताका लागि निःशुल्क नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ। “नाम दर्ता गर्न सिद्धार्थ कटेज नेपालगन्जको शोधपुछ शाखामा गएर दर्ता गर्न सकिनेछ,” न्यौपानेले भने।
अन्तिम दिन राष्ट्रिय कलाकार पशुपति शर्मासँगै स्थानीय कलाकारको प्रत्यक्ष दोहोरी, नृत्यसँगै सामुदायिक रूपमा मोमो पकाउने प्रतिस्पर्धा हुने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
