पहिलो दिनको खेल सकिँदा त्रिभुवन आर्मीले बागमती प्रदेशविरुद्ध १५२ रनको अग्रता लिएको छ भने मधेश प्रदेशविरुद्धको खेलमा नेपाल प्रहरी ४५ रनले अगाडि छ।
काठमाडौँ– जय ट्रफी मेन्स एलिट कपअन्तर्गत बुधबार शुरू दुई छुट्टाछुट्टै खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बलियो अवस्थामा देखिएका छन्। पहिलो दिनको खेल सकिँदा त्रिभुवन आर्मीले बागमती प्रदेशविरुद्ध १५२ रनको अग्रता लिएको छ भने मधेश प्रदेशविरुद्धको खेलमा नेपाल प्रहरी ४५ रनले अगाडि छ।
जारी प्रतियोगिताको तेस्रो खेलमा मधेशले पहिले ब्याटिङ गर्दै ४२.४ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनाएको थियो। उसका लागि मयन यादवले सर्वाधिक ५९ रनको पारी खेले भने अभिशेख तिवारीले १७ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मधेशलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि गुलशन झाले पाँच विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट लिए। साथै श्रवण यादव र ललित राजवंशीले एक/एक विकेट लिए।
जवाफमा नेपाल पुलिस क्लबले पहिलो दिनको खेल सकिँदासम्म ४० ओभरमा तीन विकेटको क्षतिमा १७४ रनको योगफल तयार पारेको छ। उसका लागि ओपनरद्वय कुशल भुर्तेल र दिलीप नाथले क्रमशः ६३ र ४० रनको योगदान दिए। साथै गुलशन झाले २० रन बनाए। अमित श्रेष्ठ पहिलो दिन ३४ रनमा अविजित छन्। मधेशका लागि हरिशंकर साहले दुई र अभिशेख तिवारीले एक विकेट लिए। पुलिसले बुधबारको खेललाई आज पनि निरन्तरता दिनेछ।
साथै बुधबारनै शुरू प्रतियोगिताको चौथो खेलमा त्रिभुवन आर्मी क्लबले पूरै ६० ओभर खेलेको छ। पहिलो पारीमा ६० ओभर खेलेपछि पारी समाप्त हुने प्रतियोगिताको नियम छ। आर्मीले पहिलो दिन ६० ओभर खेल्ने क्रममा पाँच विकेटको क्षतिमा २७६ रनको बलियो योगफल तयार पारेको छ।
आर्मीका लागि इमरान शेख र बसिर अहमदले अर्धशतकीय पारी खेले। उनीहरूले क्रमशः ७२ र ५३ रन बनाए। साथै तृतराज दासले ४४, भीम सार्कीले ३२ र कुशल मल्लले ३५ रनको योगदान दिए। बागमती प्रदेशका लागि विपिन आचार्यले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको बागमतीले पहिलो दिनको खेल सकिँदासम्म २२ ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२४ रन बनाएको छ। बागमती आर्मीभन्दा अझै १५२ रनले पछाडि छ। उसका लागि शुभ कंशकारले ३४ रन बनाए भने उत्तम मगरले २८ र रित गौतमले २१ रन बनाए।
दुवै खेल बिहीबार पनि जारी रहनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
