डढेलो शहरमा प्रवेश गरेपछि कम्तीमा एक हजार ५०० भन्दा बढी घर जलेर नष्ट भएका छन्। एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन्।
अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
डढेलो शहरमा प्रवेश गरेपछि कम्तीमा एक हजार ५०० भन्दा बढी घर जलेर नष्ट भएका छन्। एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन्।
लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले आफू मातहतका कर्मचारी विपत्तिको परिमाण र गतिसँग जुधिरहेको बताएका छन्। “हामीले सक्दो प्रयास गरिरहेका छौं तर हामीसँग लस एन्जलसका सबै विभागमा यसलाई ह्यान्डल गर्न पर्याप्त अग्नि नियन्त्रक छैनन्,” उनले भने।
पासाडेनाका अग्नि नियन्त्रक चाड अगस्टिनका अनुसार आगलागीका कारण ५०० भन्दा बढी भवन नष्ट भएका छन्। उनले आगलागी नियन्त्रणका लागि जुटेका अग्नि नियन्त्रकको प्रशंसा गर्दै आगलागी भीषण रहेको र नियन्त्रणमा ल्याउन निकै कठिनाइ भएको बताए।
अगस्टिनले बुधबार भने, “उनीहरूको वीरतापूर्ण कार्यबिना आज आगलागीका कारण मृत्यु हुनेको संख्या उल्लेखनीय रूपमा बढी हुने थियो।”
लस एन्जलस डिपार्टमेन्ट अफ वाटर एन्ड पावरका प्रमुख कार्यकारी जेनिस क्विनोनेसले प्यासिफिक पालिसडेसमा पानीका श्रोत सुकेका कारण पानीको जथाभाबी प्रयोग नगर्न र जोगाएर नियन्त्रण गर्न आग्रह गरेका छन्।
लस एन्जलसको अधिकांश पानी कोलोराडो नदीबाट आउँछ। आवासीय प्रयोग वा फायर फाइटिङको अलावा यसलाई खेतीमा सिँचाइका लागि प्रयोग गरिन्छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलो नियन्त्रणका लागि केन्द्रीय स्रोत र साधनसमेतको व्यवस्थापनमा ध्यान केन्द्रित गरिने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
