मंगलबारको तिब्बत भूकम्पपछि १ हजार २११ परकम्प

तिब्बतको तिङ्ग्री काउन्टीमा मंगलबार गएको भूकम्पपछि बिहीबार अपराह्नसम्म कुल एक हजार २११ वटा परकम्प गएको छ।

काठमाडौँ– दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मंगलबारको भूकम्पपछि बिहीबार अपराह्न ३ः०० बजेसम्म कुल एक हजार २११ वटा परकम्प गएको क्षेत्रीय सरकारले जनाएको छ।

चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार ६.८ म्याग्निच्युडको भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन्। 

भूकम्पका कारण १२६ जनाको मृत्यु हुनुका साथै १८८ जना घाइते भएका थिए। फसेका ४०७ जनाको उद्धार गरिएको छ।

क्षेत्रीय भूकम्प ब्युरोका अनुसार भूकम्पको केन्द्रबिन्दुबाट करिब १८ किलोमिटरको दूरीमा ४.४ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो। ३३ वटा पराकम्प तीनभन्दा बढी म्याग्निच्युडको रहेको पनि ब्युरोले उल्लेख गरेको छ।