अनुसन्धान प्रभावित पार्न १ लाख लिएर अख्तियार पुगेका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
आफूविरुद्धको अनुसन्धान प्रभावित पार्न १ लाख रुपैयाँ लिएर अख्तियार पुगेका अछामको मेल्लेखका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
काठमाडौँ– आफूविरुद्धको आर्थिक अनियमिततासम्बन्धी अनुसन्धान प्रभावित पर्न अनुसन्धान अधिकृतलाई एक लाख रुपैयाँ घुस दिन खोजेको आरोपमा पक्राउ परेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। हाल नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
मेल्लेखको प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत रहँदा उनविरुद्ध मेसिनरी सामान खरिदमा अनियमितता गरेको उजुरी परेको थियो। उनीविरुद्धको उक्त उजुरीमाथि अनुसन्धान गर्ने अनुसन्धान अधिकृतलाई प्रभावित पार्न उनी एक लाख रुपैयाँ लिएर अख्तियारको कञ्चनपुरस्थित कार्यालयमा पुगेका थिए। त्यसपछि अनुसन्धान अधिकृतको उजुरीका आधारमा उनलाई अख्तियारको टोलीले घुस दिने प्रयोजनका लागि ल्याएको रकमसहित तत्कालै पक्राउ परेको थियो।
“खरिद कार्यमा भए गरेका भ्रष्टाचारजन्य या अन्य अनियमितताका विषयमा मुद्दाको कारबाही अगाडि नबढाई अनुसन्धान टुङ्ग्याउन अनुसन्धान अधिकृतलाई मोलाहिजा गर्न तथा अनुसन्धानलाई अनिष्ट गर्ने गराउने प्रयोजनका लागि घुस/रिसवत रु. एक लाख दिनका लागि उजुरीसँग सम्बन्धित कागजात बुझाउने बहानामा अनुसन्धान अधिकृतको कार्यकक्षमा गई उक्त घुस/रिसवत रकम दिँदादिँदै उसै बखत निज प्रतिवादी ध्रुवप्रसाद सापकोटा अनुसन्धान अधिकृतको उजुरी प्रतिवेदनसमेतका आधारमा पक्राउ परेको,” अख्तियारले दायर गरेको आरोप पत्रमा भनिएको छ।
अख्तियारले उनीमाथि एक लाख रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
