तराईमा हुस्सु र कुहिरो, बाँकी स्थानको मौसम सफा रहने

दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहनेछ। 

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।

तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहनेछ। 

यसैगरी, राति कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।