सम्झौताअनुसार अस्पताल भवन निर्माणको म्याद २०८० पुसमा नै सकिएको हो। म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि मंसिरमा सकिएको छ।
खोटाङ– तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ। श्याम सुन्दर–रामसागर–नेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो।
३० महिनाभित्र सक्नेगरी २०७८ साल असार २४ गते ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८० पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि मंसिर २९ गते सकिएको छ। १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताल स्तरोन्नति गर्ने सरकारको नीतिअनुसार भवन निर्माणको काम शुरू गरिएको थियो।
भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि झ्यालढोका थुनथान, रङरोगन तथा पार्टेसन बाँकी नै छ। ठेकेदार कम्पनीको लापरबाहीले गर्दा सेवा प्रभावित भइरहेको जिल्ला अस्पतालका डा. पुष्कल राईले बताए। “अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामी आउँछन्। कतिपयलाई भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ,” उनले भने, “अस्पताल भवन अभावमा साँघुरो टहरामा राखेर उपचार गर्नुपर्ने बाध्यता छ।”
अस्पतालमा बिरामी भर्ना कक्ष, डेलीभरी कक्ष, शल्यक्रिया कक्ष, आकस्मिक कक्षलगायतका सेवा टहरामार्फत उपलब्ध गराउने गरिएको छ। पर्याप्त शय्या अभावमा अस्पताल भर्ना भएका बिरामी नजिकको होटल तथा आफन्तको कोठाबाट धाएरसमेत उपचार गराउन बाध्य छन्।
अस्पताल भवन निर्माणको काममा ठेकेदारको लापरबाहीका कारण ढिलासुस्ती भएपछि जिल्ला समन्वय समितिको संयोजनमा गत साउन २७ गते बोलाइएको सर्वपक्षीय बैठकमा निर्माण कम्पनीका सञ्चालक रामबहादुर कटवाललाई कार्यतालिकासहित कागज गराइएको थियो। मंसिर २९ गतेभित्र सबै काम सक्नेगरी सार्वजनिक रूपमा गरिएको ‘वर्क सेड्युल’ कागजमै सीमित भएको छ।
सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत २२ करोड ९० लाख ४७ हजार निर्माणको ठेक्का लागेको थियो। गरेको कामको नियमित भुक्तानी नपाउँदा अस्पतालको भवन निर्माणको कामलाई बेलामा सम्पन्न गर्न नसकिएको निर्माण कम्पनीका साइड इन्जिनियर हरिशंकर बान्तोलाले बताए।
पहिलो तलामा ओपीडी कक्ष, इमरजेन्सी कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्युरिटी कक्षलगायत संरचना निर्माण गर्ने योजना रहेको अस्पताल भवन ४० मिटर लम्बाई र २०.५ मिटर चौडाईको हुने सम्झौतामा उल्लेख छ। चार तले भवनको दोस्रो तलामा प्रसुतिसम्बन्धी सेवा, तेस्रो तलामा आईसीयू कक्ष, आइसोलेसन कक्ष, क्याबिन तथा चौथो तलामा प्रशासन, लेखा, सेमीनार हललगायत संरचना निर्माण गरिने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
