स्पेनीस सुपरकप बार्सिलोनाले कीर्तिमानी १४ पटक र रियल मड्रिडले १३ पटक जितेका छन्।
काठमाडौँ– स्पेनिस सुपर कपको उपाधिका लागि रियल मड्रिड र बार्सिलोना भिड्ने भएका छन्।
यी दुई टोलीबीचको ‘एल क्लासिको’ आइतबार राति साउदी अरेबियाको जेद्दाहस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुनेछ।
बिहीबार राति मार्लोकालाई ३–० ले हराउँदै रियल फाइनलमा पुगेको हो। उसका लागि जुड बेलिंघम र रोड्रिगोको गोल गरेका थिए। एक गोल आत्मघाती भएको थियो।
यता, बार्सा भने बुधबार भएको पहिलो सेमिफाइनलमा एथलेटिक क्लबलाई २-० ले हराउँदै उपाधि नजिक पुगेको थियो।
आइतबारको खेल दुई क्लबबीचको लगातार तेस्रो स्पेनिस सुपर कप फाइनल हुनेछ। गत वर्षको फाइनलमा रियलले बार्सालाई ४-१ ले पराजित गरेको थियो।
स्पेनीस सुपरकप बार्सिलोनाले कीर्तिमानी १४ पटक र रियलले १३ पटक जितेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
