तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ।

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुन बिहीबारको तुलनामा प्रतितोला ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ। बिहीबार १ लाख ५३ हजार ३०० रुपैयाँ थियो। 

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ५ रुपैयाँ बढेको हो। महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ८४५ रुपैयाँ पुगेको छ।