विश्वकप खेल्ने महिला यू१९ क्रिकेट टोलीको बिदाइ

यू१९ टोलीकी कप्तान पूजा महतोले विश्वकपमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाइन्। टोली शनिबार दिउँसो मलेसिया प्रस्थान गर्ने छ।

काठमाडौँ– मलेसियामा हुन लागेको आईसीसी यू१९ महिला टी२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ। 

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले बिदाइ गरेका हुन्।

कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वास व्यक्त गरे। क्यानका सचिव पारस खड्काले टोलीलाई कुनै पनि दबाब नलिई खेल्न आग्रह गरे ।

यू१९ टोलीकी कप्तान पूजा महतोले विश्वकपमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाइन्। टोली शनिबार दिउँसो मलेसिया प्रस्थान गर्ने छ।