पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले गत साउनमा भारतीय नागरिक प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिएको राजीनामा स्वीकृत गरेको छ। बिहीबार क्यानले सामाजिक सञ्जालमार्फत प्रभाकरले दिएको राजीनामा स्वीकार गरेको जानकारी दिएको हो।
"मनोज प्रभाकरले १५ डिसेम्बर २०२२ बाट तत्काल लागू हुने गरी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकको पदबाट राजीनामा दिनुभएको छ। क्यानले उनको राजीनामा स्वीकृत गरेको छ," क्यानले ट्विट गरेको छ।
तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले गत साउनमा भारतीय नागरिक प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। उनको नेतृत्वमा नेपालले सात एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलेको थियो। ती सात खेलमध्ये दुई खेल मात्र नेपालले जितेको थियो।
पछिल्लो पटक सन् २०२३ को एकदिवसीय विश्वकप छनोटको ‘रोडम्याप’का रूपमा लिइएको आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतका खेल खेल्न नामिबिया भ्रमणमा गएको नेपालले कुनै पनि खेल जित्न सकेन। चारमध्ये एउटा खेल वर्षाले अवरुद्ध हुँदा तीन वटामा नेपाल पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
