पुल भाँचिएर अवरुद्ध पूर्वपश्चिम राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

प्रहरीका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सिजीचोक, डाँडाचौर, होङ्सी गेट निस्कने गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो।

भारतीय नम्बर प्लेट एनएल शून्य एक एएच नम्बरको ७४ चक्के टेलर पुलको बीचमा फसेको छ।

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सन बनाएर सञ्चालनमा आएको छ।

विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने खोलामा पुल भाँचिएर अवरुद्ध सडक विनयी त्रिवेणी–२ को ज्यामिरेबाट डाइभर्सन गरी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेशी शाहका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सिजीचोक, डाँडाचौर, होङ्सी गेट निस्कने गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो।

शुक्रबार अपराह्न विनयी पुलमा रहेको पूर्वपट्टिको फलामको भाग भाँचिदा राजमार्ग अवरुद्ध भएको थियो। उक्त पुल भाँचिदा बुटवलबाट चितवनतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट एनएल शून्य एक एएच नम्बरको ७४ चक्के टेलर पुलको बीचमा फसेको छ। उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।