कर्णाली र सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना

कोशी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। बाँकी स्थानमा मुख्यतया सफा रहेको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण कोशी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। 

बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

यसैगरी, राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। 

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।