स्वदेशमै आलु उत्पादनका लागि पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादनशील जनशक्ति पलायन हुँदा आलुमा परनिर्भरता झन् बढेको हो।
काठमाडौँ– काठमाडौँको शंखरापुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाका मनोहरा नदी फाँटमा यति बेला किसान आलु खेतीमा व्यस्त छन्।
नेपालीको भान्छामा बढी प्रयोग हुने आलु उत्पादनप्रतिको परनिर्भरता भने बढ्दै गएको छ। स्वदेशमै आलु उत्पादनका लागि पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादनशील जनशक्ति पलायन हुँदा आलुमा परनिर्भरता झन् बढेको हो।

देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा पुस १ देखि २६ गतेसम्म करिब ५ हजार मेट्रिक टन आलु भित्रिएको छ। सो अवधिमा बजारमा भित्रिएको आलुमध्ये लगभग ८० प्रतिशत भारतबाट आएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। साउनदेखि कात्तिकसम्म नेपाली आलुको उत्पादन कम हुने भएकाले यो बेलामा विदेशको आयातमै भर पर्नुपर्ने समितिले जनाएको छ।

गत वर्ष असोज महिनामा कालीमाटी बजारमा ६ हजार टन आलु भित्रिएकामा लगभग ६० प्रतिशत भारतबाट आएको थियो। यस वर्ष सोही बजारमा असोज २६ सम्म पाँच हजार मेट्रिक टन आलु भित्रिएकामा ८० प्रतिशत आलु भारतबाट भित्रिएको छ। बाँकी मात्रै स्वदेशको दोलखाको मुडे, मकवानपुरको पालुङ, नुवाकोट, काभ्रे, ओखलढुंगालगायत ठाउँबाट आएको छ।

कालीमाटी बजारमा भित्रिएको तरकारीले उपत्यकावासीको मागको लगभग ७५ प्रतिशत माग धान्ने गरेको छ। बाँकी माग बालाजु, बल्खु, कोटेश्वर, भक्तपुरका तरकारी बजारबाट पूर्ति हुने गरेको छ।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
