नेपाल विद्युत् प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२.७३ प्रतिशतमा सीमित गरेको छ।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाएको छ। प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२.७३ प्रतिशतमा सीमित गरेको छ।
आठ वर्षअघिसम्म प्रणालीमा २५.७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो। आव २०७९/८० मा विद्युत् चुहावट १३.४६ प्रतिशत थियो। आव २०८०/८१ मा चुहावट १२.७३ प्रतिशतमा सीमित गरिएको विवरणमा उल्लेख छ। प्राधिकरणले गत आवमा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो।
प्राधिकरणले आठ वर्षमा विद्युतीकरणमा ठूलो सफलता हात पारेको छ। आव २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो। तीन वर्षअघि ८९.८ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
