ललितपुर महानगरपालिका–२५ का स्थानीय उमेश थापा नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको सुनाउँछन्।
ललितपुर– बाढीले क्षतिग्रस्त नख्खुडोल पुल मर्मत नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।
ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खु खोला पुल गत असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनेको थियो।
बाढीले प्वाल पारेको पुल फलामको सहायताले दुईपांग्रे सवारी गुड्न सक्ने गरी अस्थायी रूपमा एकतर्फी सञ्चालनमा ल्याइको छ। ललितपुर महानगरपालिका–२५ का स्थानीय उमेश थापा नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको सुनाउँछन्।
साँघुरो पुलमा अहिले प्रायः जसो दुईपांग्रे सवारीसाधनको जाम हुने गरेको छ। नख्खुडोलका स्थानीय कमल राईले कार्यालय समयमा पुलमा अत्यधिक जाम हुँदा समस्या भइरहेको बताए।
“बाढीले क्षति गरेको चार महिना बित्न आँटिसक्यो, अहिलेसम्म जीर्ण अवस्थामा रहेको नख्खुडोल पुल अझै मर्मत भएको छैन । यसले गर्दा आवतजावत गर्न निकै असहज भएको छ,” उनले भने।
पुल मर्मतका लागि ललितपुर महानगरपालिकाले ६७ लाख रुपैयाँ विनियोजन गरेको छ। ललितपुर महानगरपालिका–२५ का वडाध्यक्ष दौलतकुमार खत्रीले पुल मर्मत चाँडै शुरू गरिने बताए।
ललितपुर महानगरपालिका–१४ का वडाध्यक्ष अमृत महतले ठेक्का प्रक्रियामा केही ढिलाइ भएकाले पुल मर्मतमा विलम्ब भएको स्वीकार गरे।
“अहिले अस्थायी रूपमा मोटरसाइकल आवतजावत गर्न मिल्ने बनाइएको छ। पुल मर्मतमा ढिलासुस्ती हुँदा स्थानीयलाई आवतजावत गर्न असहज भएको पक्कै हो, अब छिट्टै समस्याको समाधान हुन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
