प्रहरीले दोहाबाट काठमाडौँ आएका तीन जनालाई सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको छ।
काठमाडौँ– प्रहरीले दोहाबाट काठमाडौँ आएका तीन जनालाई अवैध रूपमा ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई कारबाहीका लागि भन्सार कार्यालय बुझाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सप्तरी घर भएका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २७ वर्षीय शिवशंकर चौधरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको हो।
प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले शुक्रबार पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए।
हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौँ आएका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो। प्रहरीका अनुसार उनीहरूले सुन मलद्वारमा लुकाएर ल्याएका थिए।
प्रहरीले तीनै जनाको साथबाट ५८.३३ ग्राम तौलको सिक्री एक/एक थान बरामद गरेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
