पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ स्थित सडकमा दुई गाडी आपसमा ठोक्किँदा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
बागमती– मकवानपुरको मनहरीमा दुई गाडी आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ।
शनिबार पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ स्थित सडकमा स्कार्पियो र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको हो भने १२ जना घाइते भएका छन्।
शनिबार वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एकापसमा ठोक्किएका हुन्। दुर्घटनामा कारचालक हेटौँडा उपमहानगरपालिका–४ स्कुलरोड निवासी ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठ र कारमा सवार चितवनको राप्ती नगरपालिका–२ गड्यौली निवासी ५० वर्षीया सुनिता श्रेष्ठको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते कार चालकको चितवन अस्पताल र श्रेष्ठको नयाँ मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा चितवन राप्ती नगरपालिका–२ गड्यौली निवासी ५५ वर्षीय ओमकुमार श्रेष्ठ र सोही ठाउँ निवासी २१ वर्षीया सुमिना श्रेष्ठ घाइत भएका छन्।
स्कार्पियोमा सवार वीरगन्ज महानगरपालिका–२ छपकैया निवासी २६ वर्षीया पुजादेवी साह, निजकी छोरी आठ वर्षीया प्रियान्सी साह, सोही ठाउँका २३ वर्षीया सुरदी देवी, २१ वर्षीया निशाकुमारी साह, १५ वर्षीय ओमशंकर साह, १९ वर्षीय राजीवकुमार साह, १९ वर्षीया आरतीकुमारी साह, चार वर्षीया दिब्याकुमारी साह, १६ वर्षीया सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा पनि घाइते भएका प्रहरी नायब उपरीक्षक अर्यालले बताए।
घाइते सबैको इलाइभ अस्पताल चितवनमा उपचार भइरहेको छ। स्कार्पियो चालक भने फरार रहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
