देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा हल्का वर्षाको सम्भावना छ।

काठमाडौँ– देशमा पश्चिमी न्युनचापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि साधारणतया बदली रहेको छ।

तराईका अधिकांश भूभागमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ। 

यसैगरी, राति कोशी, मधेश र बागमतीमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।