काठमाडौँ जिल्ला अदालतका अनुसार आइतबार बयान भए पनि थुनछेक बहसका लागि समय अभाव भएकाले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको हो।
काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाएको छ।
लामिछाने आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए। आइतबार जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलाससमक्ष लामिछानेको बयान भएको थियो। तर आइतबार थुनछेक बहस नभएपछि इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो।
अदालतका सूचना अधिकारी अमरबहादुर चन्दका अनुसार आइतबार बयान भए पनि थुनछेक बहसका लागि समय अभाव भएकाले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको हो। उनले सोमबारबाट लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस हुने बताए।
काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको आरोपमा लामिछानेलगायतका व्यक्तिविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
स्वर्णलक्ष्मी सहकारीको बचत रकम दुरूपयोग अभियोगमा सो सरकारीका अध्यक्ष गितेन्द्रबाबु राई, पूर्वगृहमन्त्री लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको हो। सरकारी वकिल कार्यालय काठमाडौँले पुस २१ गते एक अर्ब १९ करोड ४९ लाख रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको हो।
लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका थिए।अदालतको आदेशानुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए।
अदालतमा दश दिनसम्म भएको थुनछेक बहसपछि सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश आएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
