पूर्वी चीनको शानडोङ प्रान्तको बन्दरगाह शहर चेङ्दुमा सेट्रोभो १.० नामक ‘कार्बन फाइबर’ मेट्रो ट्रेन सञ्चालनमा आएको छ।
चीनले ऊर्जा खपत बचाउन ‘कार्बन फाइबर’ मेट्रो ट्रेन सञ्चालनमा ल्याएको छ।
पूर्वी चीनको शानडोङ प्रान्तको बन्दरगाह शहर चेङ्दुमा सेट्रोभो १.० नामक कार्बन फाइबर मेट्रो ट्रेनले शुक्रबारबाट यात्रु सेवा शुरू गरेको हो।
कार्बन फाइबर मेट्रो ट्रेनले परम्परागत रेलभन्दा उल्लेखनीय रूपमा हलुका र कम ऊर्जा खपत गर्ने निर्माण कम्पनीको दाबी छ।
यो मेट्रो ट्रेनमा कार्बन फाइबर कम्पोजिट बडी फ्रेम रहेको छ। यसले मेट्रो ट्रेनको बडी र बोगी फ्रेमको तौल क्रमशः २५ प्रतिशत र ५० प्रतिशतले घटाउँछ। जसले समग्र रेलको तौल परम्परागत रेलको तुलनामा ११ प्रतिशतले कम हुने जनाइको छ।
सीआरआरसी लिमिटेडका ट्रेनका मुख्य डिजाइनर लिउ जिन्झुले सञ्चालनका क्रममा प्रत्येक ट्रेनको ऊर्जा खपत ७ प्रतिशतले घटाउन सकिने बताए। यसले गर्दा वार्षिक रूपमा १३० टन कार्बन डाइअक्साइड उत्सर्जनमा कमी आउनेछ। यो लगभग ६.७ हेक्टर क्षेत्रमा रूख रोप्नु बराबर हो।
विशेष गरी, कार्बन फाइबर सामग्रीको प्रयोगले ट्रेनलाई बलियो बनाउनुका साथै संरचनाको स्थायित्व बढाउने उनको भनाइ छ। उनका अनुसार यस ट्रेनको क्याबिन भित्री भाग कार्बन फाइबर तत्त्वहरूले भरिपूर्ण रहेको समाचारमा जनाइको छ।
ट्रेनमा उन्नत भाइब्रेसन ड्याम्पिङ र साउन्ड आइसोलेसन प्रविधि प्रयोग गरिएकाले यात्रुको यात्रा सहज हुने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
