त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकले स्वतन्त्र रूपमा कलेजो प्रत्यारोपण गरेको आइतबार एक वर्ष पुगेको छ भने, यो अवधिमा सात वटा कलेजो प्रत्यारोपण गर्न सफल भएका छन्।
काठमाडौँ— महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकले एक वर्षमा सात वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेका छन्। कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बनेको एक वर्षमा त्रिवि शिक्षण अस्पताल सो संख्यामा कलेजो प्रत्यारोपणमा सफल भएको हो।
गत वर्ष पुस २७ गते नेपालमै पहिलोपटक त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सर्जन प्राडा. रमेशसिंह भण्डारीसहितको टोलीले स्वतन्त्र रूपमा कलेजो प्रत्यारोपण गरेको थियो। त्यसअघि नेपालमा विदेशी चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण हुँदै आएको थियो।
नेपाली चिकित्सकले नै स्वतन्त्र रूपमा कलेजो प्रत्यारोपण गरेको आइतबार एक वर्ष पुगेको छ। “जनवरी १२ हाम्रा लागि एकदमै विशेष दिन हो। यस दिन टीयू शिक्षण अस्पतालमा हाम्रो कलेजो प्रत्यारोपण टोली देशमै पहिलो पटक स्वतन्त्र रूपमा जीवित दाताको कलेजो प्रत्यारोपण गर्न सफल भएको थियो,” कलेजो प्रत्यारोपण सर्जन प्राडा. भण्डारीले भने।
प्राडा. भण्डारीका अनुसार त्यसयता त्रिविको कलेजो प्रत्यारोपण टिम स्वतन्त्र रूपमा कलेजो प्रत्यारोपण गर्दै आएको छ।
“दुई हप्ताअघि, २०२४ डिसेम्बर २७ मा टीयू शिक्षण अस्पतालमा १६औँ कलेजो प्रत्यारोपण गरेर वर्षको अन्त्य गर्यौँ, जुन हाम्रो सातौँ स्वतन्त्र रूपमा गरिएको जीवित दाताको कलेजो प्रत्यारोपण हो,” उनले भने।
नेपाली कलेजो प्रत्यारोपण टोलीले स्वतन्त्र रूपमा गरेको सातौँ कलेजो प्रत्यारोपणमा ५४ वर्षीया आमालाई उनकी ३२ वर्षीया छोरीले कलेजो दान गरेकी थिइन्। कलेजोदाता पहिले नै डिस्चार्ज भइसकेको र प्राप्तिकर्तालाई पनि चाँडै डिस्चार्ज गर्न उत्सुक रहेको उनले बताए।
उनले स्वतन्त्र रूपमा कलेजो प्रत्यारोपण कार्यक्रम शुरू गरेको एक वर्षमा समाजका हरेक क्षेत्रबाट प्राप्त समर्थन र शुभकामनाले आफूहरूलाई उत्साहित थपिरहेको बताए। नेपालमा कलेजो प्रत्यारोपण कार्यक्रमलाई दिगो बनाउन त्रिवि शिक्षण अस्पतालको टोली सक्षम रहेको पनि उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
