अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो।
सुर्खेत– कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ।
अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो। उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ। पहिला यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो । कालिदमारस्थित अदुवा प्रशोधन उद्योगले अदुवा र बेसार प्रशोधन गर्न थालेपछि बजारको समस्या समाधान भएको हो।
कर्णाली तथा लुम्बिनीमा उत्पादन हुने अदुवा अर्गानिक र गुणस्तरीय भएकाले पनि युरोपमा माग धेरै भएको उद्योगका प्रबन्ध निर्देशक सुलोचना श्रेष्ठले बताए। उनले भने, “बिक्रीको समस्या छैन, हामीले विदेश निर्यात गर्न थालेका छौँ । किसानको उत्पादन हामी खरिद गर्छौँ, अब उत्पादन बढाउने तर्फ चाहीँ लाग्नुपर्छ।”
उद्योगमा बर्सेनि एक हजार ५०० मेट्रिकटन अदुवा र बेसार प्रशोधन हुन्छ। एक हजार ४०० भन्दा बढी अदुवा उत्पादक किसान उद्योगसँग जोडिएको कम्पनीले जनाएको छ।
चालु आवमा ८५० रोपनीभन्दा बढी जमिनमा अदुवा लगाइएको तथ्यांक छ। २२ लाख किलो खरिद गरेर र २३० टन सुकेको अदुवा युरोप पठाउने लक्ष्य कम्पनीको छ।
सात किलो आलो अदुवा सुकेपछि मात्र एक किलो सुकेको अदुवा बन्छ। कम्पनीमा १५० जना कामदार छन्। दैनिक १२० जनाले काम गर्छन्। बेसार, अदुवा, अमिलोको बोक्रा, सिस्नु, दाल चिनीको पात प्रशोधन गरेर निर्यात गर्ने गरेको निर्देशक श्रेष्ठले बताए।
डोटी, कैलाली, सुर्खेत, सल्यान र रुकुमलगायतका जिल्लामा अदुवा उत्पादन हुन्छन् । उद्योगका अनुसार सबैभन्दा बढी अदुवा उत्पादन सल्यानमा हुन्छ । सल्यानबाट एक सिजनमा एक हजार २०० मेट्रिकटनसम्म अदुवा ल्याउने गरिएको छ। रुकुमबाट ८०० र सुर्खेतबाट २०० मेट्रिकटनसम्म अदुवा उद्योगमा ल्याउने गरिएको छ।
उद्योगले सिस्नो र टिमुर पनि प्रशोधन गर्दै आएको छ। किसानबाट सिस्नो र टिमुर पनि खरिद गर्न थालेको छ। सिस्नो र टिमुरलाई सुकाएर पाउडर बनाइन्छ। त्यसलाई प्याकिङ गरेर निर्यात गर्ने गरिएको उद्योगले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
