यस वार्तालाई डोनाल्ड ट्रम्पले राष्ट्रपति बन्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्साका रूपमा लिइएको छ।
काठमाडाैँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग गाजा युद्धविराम र बन्धकहरूको रिहाइमा जारी वार्ताको बारेमा कुरा गरेका छन्।
यो वार्ता डोनाल्ड ट्रम्पले राष्ट्रपति बन्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्सा हो। ह्वाइट हाउसका अनुसार फोन वार्ताका क्रममा राष्ट्रपति बाइडेनले हमासद्वारा बन्धक बनाइएका मानिसहरूको रिहाइ र तत्काल युद्धविराम गर्न जोड दिएका थिए।
राष्ट्रपति बाइडेनले गाजामा मानवीय सहायता बढाउनु पर्ने आवश्यकताबारे पनि कुरा गरेका छन्। यो वार्ता नेतन्याहुको बयानपछि भएको हो जसमा नेतन्याहुले आफूले वार्ताका लागि कतारमा वरिष्ठ प्रतिनिधिमण्डल पठाएको बताएका थिए।
डोनाल्ड ट्रम्पका मध्य पूर्व राजदूतले शनिबार इजरायली प्रधानमन्त्री नेतन्याहूसँग ट्रम्पको नयाँ कार्यकालअघि नै सम्झौतामा पुग्नको लागि भेट गरेका थिए। ट्रम्पले आफू राष्ट्रपति कार्यालयमा पुग्नुअघि नै बन्धकहरूलाई रिहा नगरे ‘विपत्ति हुनेछ’ भनेर यसअघि नै भनिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
