मनाङमा विगतका वर्षमा मंसिरदेखि हिउँ पर्ने भए पनि यस वर्ष पुसको अन्तिम सातामा मात्रै परेको हो।
मनाङ– हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ। चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन।
विगतका वर्षमा मंसिरदेखि हिउँ पर्ने भए पनि यस वर्ष पुसको अन्तिम सातामा मात्रै परेको हो। हिमपात भएपछि यहाँका कालापत्थरमा परिणत हुन लागेका डाँडाकाँडामा हिउँले भरिएको ङिस्याङ गाउँपालिका–१ पिसाङका किसान मुखिया गुरुङले सुनाए।
ढिला गरी हिउँ पर्दा खुशी लागेको गुरुङले बताए। “भारी हिमपात नभए पनि शुरुआत भएको छ, यसले केही आशा जगाएको छ,” उनले भने। आफूले गरेको कृषिजन्य उत्पादनले दुई महिना मात्रै खान पुग्ने उल्लेख गर्दै उनले हिउँ परेपछि उब्जनी बढ्ने भएकाले खुशी लागेको बताए। हिउँ परेपछि जमिन तथा मल भिजेर रसिलो हुने र बालीनाली सप्रने उनको भनाइ छ।
किसानका अनुसार हिउँ परेपछि बहुमूल्य जडीबुटी यार्सागुम्बा, निरमंसी, पाँचऔँले, चिराइतोलगायतकाे उत्पादन बढ्छ भने तल्लो भागमा परेको हिउँले खेतीपातीका लागि मलकै रूपमा काम गर्दछ। दुई हप्ताअघि मात्र सिँचाइ गरेका मनाङ चामेका किसान शेराप विष्टले हिमपातले खुशियाली ल्याएको बताए।
नासो गाउँपालिका–८ ताचैका यज्ञ घलेले हिमाली क्षेत्रमा हिउँ नपर्दा पर्यटन व्यवसाय प्रभावित भएको बताए। “कलकारखाना नभएको हिमाली जिल्लामा हिउँ नै नहुँदा पर्यटक के हेर्ने आउने ? प्राकृतिक सुन्दरता नै गुम्न थालेको थियो,” उनले भने। उनका अनुसार हिउँ पर्दा पर्यटक बढ्छन्। हिमाली सौन्दर्य रहिरहन्छ।
जलवायु परिवर्तनले समयमा हिमपात नहुँदा मनाङका हिमाल कालापत्थर बन्दै गएका छन्। अन्नपूर्ण, गंगापूर्ण, लमजुङलगायतका हिमालका आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेका छन्।
जिल्लाको माथिल्लो क्षेत्रमा केही मात्रामा फाट्टफुट्ट हिमपात भए तल्लो क्षेत्रमा अहिलेसम्म हिउँ पर्ने संकेत नदेखिएको नासों गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले बताए। हिमपात नहुँदा चिस्यान नहुने, आलु, उवा र फापर छर्ने ठाउँमा जोत्न पनि मुस्किल भएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
