सोमबार नेप्से परिसूचक १५ अंकले घटेर २५९४ को बिन्दुमा सीमित भएको छ।
काठमाडौँ– यो सातामा कारोबारमा लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ। सोमबार नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ को बिन्दुमा कायम भएको हो।
विभिन्न ३२२ कम्पनीका एक करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर ६४ हजार २७८ पटक खरिदबिक्री हुँदा ६ अर्ब ६५ करोड आठ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिनको कारोबारमा सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै व्यापार समूह १.८९, होटल तथा पर्यटन १.३६ र वित्त समूह १.३२ प्रतिशतले घटेको छ।
बैंकिङ ०.३५, विकास बैंक ०.५८, जलविद्युत् ०.४९, लगानी ०.६० र जीवन बीमा ०.५० प्रतिशतले घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन ०.७७, लघुवित्त ०.४४, म्युचुअल फन्ड ०.४२, निर्जीवन बीमा ०.०२ र अन्य समूह ०.६७ प्रतिशतले घटेको छ।
वाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ४५ करोड २५ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै माछापुच्छ्रे बैंक प्रमोटर शेयर आठ लाख ४९ हजार आठ ३३ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
