आईसीसी यू१९ महिला टी२० विश्वकपको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको छ।
काठमाडौँ– आईसीसी यू१९ महिला टी२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ। वेस्ट इन्डिजसँगको खेलमा नेपाल ९ रनले पराजित भएको हो।
मलेसियामा सोमबार भएको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजले नेपाललाई जितका लागि ११० रनको लक्ष्य दिएको थियो। नेपालको पारी १९.१ ओभरमा १०० रनमै समेटियो।
नेपालका लागि सिमाना केसीले २३, पूजा महतोले १८, किरण कुँवरले १८ र सोनी पाख्रिनले १५ रन बनाए। बलिङतर्फ वेस्ट इन्डिजकी त्रिशा हरदत, आलिया विकीज र आमिया गिल्बर्टले २/२ विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा चार विकेट गुमाएर १०९ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि जजारा क्लक्सटनले अविजित २२ रन बनाइन्।
यस्तै, कप्तान समारा रमनथले २५ र अबिगेल ब्राइसले १९ रनको योगदान दिइन् ।
बलिङतर्फ नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले १/१ विकेट लिए।
नेपालले दोस्रो अभ्यास खेल आगामी माघ २ गते अमेरिकासँग खेल्नेछ।
माघ ५ गतेदेखि मलेसियामा शुरू हुने यु–१९ महिला टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ।
उक्त समूहमा बङ्गलादेश, स्कटल्यान्ड र अस्ट्रेलिया रहेका छन्। नेपालले माघ ५ गते बांग्लादेशसँग, माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
