लस एन्जलसमा लागेको भीषण डढेलोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ भने करिब एक लाखको हाराहारीको संख्यामा विस्थापित भएका छन्।
लस एन्जलसमा लागेको भीषण डढेलोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ भने करिब एक लाखको हाराहारीको संख्यामा विस्थापित भएका छन्।
यसअघि करिब एक लाख ८० हजारभन्दा बढी व्यक्ति विस्थापित भएकोमा कम जोखिम क्षेत्रका बासिन्दा भने घर फर्किसकेका छन्।
विस्थापित भएकाहरू कम्तिमा चार दिनसम्म घर फर्कन नसक्ने अधिकारीहरूले आइतबार बताएका छन्।
पलिसेड्स आगलागी र इटन आगलागीको बीच क्षेत्रलाई बन्द गरिएको छ। तर यो जोखिमयुक्त क्षेत्रमा प्रवेश पाउने आशामा निराश विस्थापितहरू चेक प्वाइन्टमा लामबद्ध छन्। धेरै विस्थापितहरू घर फर्कन आतुर छन्। किनकि उनीहरू सूचनालगत्तै सीमित औषधि तथा लुगाफाटा बोकेर घर छाडेका थिए।
कतिपय घरमा छुटेका वृद्ध तथा अशक्त परिवारका सदस्यको अवस्थाबारे जानकारी पाउन आतुर छन्।

लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले आइतबार भने, “यस हप्ता हावाहुरीको पूर्वानुमान गरिएकाले आगलागीको आपत्कालीन अवस्था अझै सकिएको छैन।”
पत्रकार सम्मेलनमा उनले अझै बस्तीहरू सुरक्षित भइनसकेकाले विस्थापितहरू अहिल्यै घर जान नसक्ने बताए। “जतिसक्दो चाँडो बासिन्दालाई उनीहरूको घरमा फिर्ता गराउनु हाम्रो सामूहिक प्राथमिकता हो,” उनले भने।
तीव्र बतास बुधबारसम्म चल्ने अनुमान गरिएको छ। “कृपया निश्चिन्त हुनुहोस्। बिहीबार हामी पुनरुत्थानका बारेमा कुरा शुरू गर्नेछौँ,” उनले भने।
आफ्नो नाम जेनेल बताउने एक महिलाले आफ्नो घर आगोले जलेको थाहा पाएको तर प्रत्यक्ष नदेखेको बताउँदै दुःखले आर्जन गरेको सम्पत्तिको प्रत्यक्ष जानकारी लिन चाहेको बताइन्।
“म फोटोहरू देखेको छु। भिडियोहरू पनि देखेको छु तर म यसलाई प्रत्यक्ष घटनास्थलमा पुगेर हेर्न र यसबारे मनमा रहेको आशालाई निर्मूल पार्न चाहन्छु,” उनले भनिन्।
सम्पादक हेनरी लेभिन्सन प्यासिफिक पालिसडेस छिमेकमा रहेको आफ्नो घर जाने कोशिश गरिरहेका छन्। तर अग्नि नियन्त्रकहरूले त्यहाँ जानबाट रोकेका छन्। उनीहरूले अझै पनि बतास चलेर आगो फैलिन सक्नेबारे चिन्ता व्यक्त गरेका छन्।

लस एन्जलस सिटी काउन्सिलर ट्रेसी पार्कले प्रभावितको पीडा आफूले महसुस गरेको तर अवस्था निकै जोखिमपूर्ण रहेको बताइन्। “यो कठिन क्षण हो र मलाई थाहा छ, मेरा धेरै घटक निराश छन्, तर सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता रहनुपर्छ,” उनले भनिन्।
गत हप्ता एक लाख ८० हजारको हाराहारीमा रहेका क्षेत्रमा करिब एक लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न अग्नि नियन्त्रकलाई आदेश दिइएको थियो। डढेलोको चपेटामा परेका क्षेत्रहरू तहसनहस भएका छन्। सडकहरू खरानीमय बनेका छन् भने पूर्वाधारहरू नराम्ररी क्षतिग्रस्त भएका छन्।
लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले जोखिमको सम्भावनालाई संकेत गर्दै आफू मातहतका प्रहरी अधिकारीले मानिसहरूलाई डढेलो र आगलागी क्षेत्रबाट बाहिर राख्न निर्देशन दिएको बताए।
“यीमध्ये धेरै क्षेत्रहरू अझै पनि भग्नावशेषकै अवस्थामा रहेका छन्। विद्युत् बगिरहेका बिजुलीका तार, ग्यास लाइन र अन्य खतराका कारण बस्तीमा प्रवेश सहज छैन,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
