स्वर्णलक्ष्मी सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी मुद्दामा सोमबार थुनछेक बहस नसकिएको र मंगलबार सार्वजनिक बिदा परेकाले पूर्वगृहमन्त्री रवि लामिछाने बुधबारसम्म प्रहरीकै जिम्मामा रहने भएका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने बुधबारसम्म प्रहरीको जिम्मामा रहने भएका छन्।
लामिछानेको नाम जोडिएको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी मुद्दामा थुनछेक बहस नसकिएकाले उनी दुई दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको हो।
सोमबार थुनछेक बहस नसकिएको र मंगलबार सार्वजनिक बिदा परेकाले उनी बुधबारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने भएको हो। सो मुद्दामा सोमबार सरकारी वकिलका तर्फबाट बहस भएको छ। प्रतिवादीका तर्फबाट जवाफी बहस बाँकी रहेकाले अदालतले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो। अब लामिछाने तर्फका कानून व्यवसायीले बुधबार जवाफी बहस गर्ने छन्।
उनी आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए। त्यसै दिन जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलाससमक्ष लामिछानेको बयान भएको थियो। तर आइतबार थुनछेक बहस नभएपछि इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको थियो।
जिल्ला न्यायाधीश अधिकारीले बुधबार निरन्तर सुनुवाइ हुने भन्दै आइतबारको सो आदेशलाई निरन्तरता दिएका हुन्।
स्वर्णलक्ष्मी सहकारीको बचत रकम दुरूपयोग अभियोगमा लामिछानेसहित गितेन्द्रबाबु राई, पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको छ। सरकारी वकिल कार्यालय काठमाडौँले पुस २१ गते एक अर्ब १९ करोड ४९ लाख रुपैयाँ बिगो कायम गरेर उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा अदालतको आदेशानुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने बिहीबार कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए। कास्की जिल्ला अदालतमा १० दिनसम्म चलेको थुनछेक बहसपछि बिहीबार सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
