हरेक वर्ष १८ डिसेम्बरका दिन मनाइने अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस यसवर्ष सप्ताहव्यापी रूपमा मनाइने भएको हो। दिवसमा सरोकारवालाहरूको सहभागिता रहने छ।
काठमाडौँ- वर्ष २०२२ को अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाइने भएको छ।
हरेक वर्ष डिसेम्बर १८ मा मनाइने गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसलाई यस वर्ष पनि सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो।
बिहीबार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ मूल समारोह समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै डिसेम्बर १६ देखि २२ तारिखसम्म सप्ताहव्यापी रूपमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाउन लागिएको जानकारी गराएको हो।
मूल समारोह समितिका संयोजक तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आप्रवासी श्रमिक दिवसलाई सप्ताहव्यापी रूपमा मनाउन लागिएको बताए।
यस वर्षको दिवसलाई नेपालमा ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नाराका साथमा मनाउन लागिएको उनले जानकारी दिए।
त्यस्तै, दिवसका लागि अन्य विभिन्न नाराहरू पनि तय गरिएका छन्। आप्रवासी श्रमिकको स्वास्थ्य र सामाजिक सुरक्षाको आधार: व्यवस्थित र सम्मानित वैदेशिक रोजगार, आप्रवासी श्रमिकको सम्मान गरौँ: समान कामका लागि समान ज्याला कायम गरौँ, महिला आप्रवासी श्रमिकको सम्मान गरौँ: लैंगिक विभेदको अन्त्य गरौँ, आप्रवासी र आश्रित परिवारको संरक्षण गरौँ र स्वास्थ्य र सामाजिक सुरक्षाको आधार: व्यवस्थित र सम्मानित वैदेशिक रोजगार लगायतका नाराहरू तय गरिएका छन्।
प्रदेश सरकार र स्थानीय पालिकाको अगुवाइमा जिल्लास्थित विभिन्न सरकारी निकायहरू, वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था, सबै राजनीतिक दल, नागरिक समाज, गैर सरकारी एवं निजी संघसंस्था, ट्रेड युनियन, सञ्चार क्षेत्र र आप्रवासी श्रमिक तथा उनीहरूका परिवार समेतको सक्रियतामा कार्यक्रम हुने सचिव अर्यालको भनाई छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
