१५ वर्षीय किशोरलाई भारतबाट अपहरण गरी ल्याएर बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्रेर अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान शुरू गरेको छ।
सर्लाही– प्रहरीले अपहरणमा संलग्न रहेको आरोपमा एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार सोमबार ब्रह्मपुरी गाउँपालिका–४, बाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा ब्रह्मपुरी गाउँपालिका–४, निवासी ६८ वर्षीय रामजी साह, १९ वर्षीय विक्रम पासवान रहेका छन्। भारतको बिहार राज्य सीतामढी जिल्ला राजबाडा ग्रामपञ्चायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह पनि पक्राउ परेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
एक १५ वर्षीय किशोरलाई भारतबाट अपहरण गरी ल्याएर बन्धक बनाई फिरौती मागिरहेको उजुरीको आधारमा प्रहरीले छापा मारेको थियो। सोही क्रममा बीआर ०६ बिटी २८५० नम्बरको भारतीय मोटरसाइकलमा भाग्दै गरेका विक्रम पासवान र प्रवचन साहलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, गोली दुई राउन्ड, एक थान मोबाइल सेट, धारिलो सानो चक्कु र हतौडा एक÷एक थान बरामद गरेको प्रनाउ श्रेष्ठले बताए।
पक्राउ परेकाहरूको बयानका आधारमा किशोरलाई बन्धक बनाएर राखिएको घरधनी रामजी साहलाई पनि प्रहरीले पक्राउ गरेको छ।
अपहरित किशोरलाई बन्धक अवस्थाबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई प्रहरीले शरीर बन्धक हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान शुरू गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
