माघे संक्रान्तिलाई लिम्बू समुदायले ‘कक्फेक्वा तङ्नाम’का रूपमा महत्वका साथ मनाउने गर्छन्। यस दिनदेखि लिम्बू समुदायको नयाँ वर्ष शुरू हुने गर्छ।
फुङ्लिङ– लिम्बू समुदायले परम्परागत चाड ‘कक्फेक्वा तङ्नाम’ मनाइरहेका छन्। माघे संक्रान्तिलाई लिम्बू समुदायले कक्फेक्वा तङ्नामका रूपमा विशेष महत्वका साथ मनाउने गर्छन्।
लिम्बू भाषामा ‘कक्’ को अर्थ चाँप ‘फेक्वा’ फुल्नु र ‘तङ्नाम’को अर्थ पर्व हो। मंगलबारदेखि लिम्बू समुदायको नयाँ वर्ष शुरू हुने गर्छ। यस वर्षबाट येले तङ्बे (दोङ) ५०८५ प्रारम्भ भएको लिम्बूको साझा संस्था किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवाले बताए।
राई, लिम्बू, याक्खा, सुनुवारलगायत किरात समुदायले विशेषगरी मनाउने यो चाडमा वनतरुल, घरतरुल, सक्खरखण्डजस्ता परिकार खाने प्रचलन छ। याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बोका अनुसार यो चाडको मुन्धुमसँग सम्बन्ध छ। किंवदन्तीअनुसार, अन्नबाली नहुँदा वन तरुल सेवन गरी जीवन बचाएको विश्वासमा यो पर्व मनाउने गरिन्छ।
बिहान स्नान गरेर वनतरुलको टीका लगाउने परम्पराबाट चाडको शुभारम्भ हुन्छ। यस अवसरमा समुदायले आफ्ना सांस्कृतिक परम्परालाई पुनर्जीवित गर्दै सामूहिक रूपमा चाड मनाउने गर्छन्। कक्फेक्वा तङ्नाम लिम्बू समुदायको सांस्कृतिक पहिचान हो। राई, लिम्बू, याक्खा, सुनुवारजस्ता किरात समुदायले यो चाडलाई आफ्नो संस्कृतिसँग जोडेर विशेष रूपमा मनाउँछन्।
मेन्याङ्बोका अनुसार कक्फेक्वा तङ्नाम लिम्बू समुदायका लागि एकता, परम्परा र पहिचानलाई जीवन्त राख्ने पर्व हो। प्राकृतिक र सांस्कृतिक महत्त्व बोकेको यस पर्वले भावी पुस्तामा पनि परम्परा र संस्कृतिलाई हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
