नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी नेपालका लागि एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को दूत नियुक्त भएका छन्।
काठमाडौँ– नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को दूत नियुक्त भएका छन्। एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले ठकुरीलाई नेपालका लागि एम्सको दूत नियुक्त गरिएको मनोनयन पत्र पठाएका हुन्।
ठकुरीले दूतका रूपमा एम्सका सदस्यताका विषयमा नेपालभित्र रेस डाइरेक्टर तथा आयोजकलाई सूचित गर्नुपर्ने, एम्सका गतिविधिलाई समन्वय, रनिङ समुदायमा हुने विवाद या त्यस्ता विषयका बारेमा एम्सको बोर्डलाई जानकारी गर्नुपर्ने, एम्सको उद्देश्य र सदस्यताबाट हुने फाइदाबारे रेस डाइरेक्टरलाई बुझाउँदै सदस्यता बिस्तारलाई प्रवर्द्धन गर्नुपर्ने हुन्छ।
एम्सको दूत नियुक्त भएपछि ठकुरीले खुशी व्यक्त गरे। “धारा नेपालगन्ज म्याराथनसँग सहकार्य गर्ने राज्यका निकाय तथा प्राइभेट सेक्टर तथा समस्त सराकोरवालाप्रति आभारी छु,” ठकुरीले भने, “नेपालगन्जवासीलाई धन्यवाद दिन चाहन्छु।”
अध्यक्ष बोराओले पठाएको मननोनयन पत्रमा एम्सको वर्ल्ड कङ्ग्रेसमा गरेको प्रस्तुति, नेपालगन्ज म्याराथन आयोजकका रूपमा सँगालेको अनुभवलगायतलाई आधार बनाउँदै नेपालका लागि एम्सको दूत नियक्त गरिएको उल्लेख छ। “तपाईंले नेपालमा रोड रनिङको विकासमा एम्सको प्रतिनिधित्व गर्दै समन्वय गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ,” पत्रमा भनिएको छ।
एम्सको इतिहासमा पहिलोपटक जापानको ओसाकामा भएको २३औँ वर्ल्ड कङ्ग्रेसमा ठकुरीले सहभागिता जनाएका थिए।विश्वसमुदायलाई नेपालसम्बन्धी जानकारी गराउन ठकुरीले नेपाल रनिङ म्यागेजिनसमेत प्रकाशन गर्दै आएका छन्।
नेपालगन्ज म्याराथन नेपालबाट एम्सको पूर्णकालीन सदस्यता प्राप्त गर्ने पहिलो म्याराथन आयोजक हो। नेपालगन्ज म्याराथनले दशक यात्रा पूरा गर्ने क्रममा कर्णाली हाफ म्याराथन, नेपालगन्ज १०किमी नाइट रन, राप्तीसोनारी नेचर रन र गौघाट ग्रिन रनले आफ्नो यात्रा आरम्भ गरिसकेका छन्। बौद्धिक बहस गर्ने थलोका रूपमा नेपालगन्ज कनक्लेवसमेत निरन्तर आयोजना हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
