टुँडिखेलमा माघे सङ्क्रान्तिको रमझम (तस्वीरहरू)

मगर समुदायले माघे सङ्क्रान्तिलाई आफ्नो मुख्य चाडका रूपमा धूमधामसाथ मनाउँछन्। यस पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

काठमाडौँ– मगर समुदायले काठमाडौँमा विशेष कार्यक्रम आयोजना गरेर माघे सङ्क्रान्ति पर्व मनाएका छन्। नेपाल मगर संघले टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा मगर समुदायका विभिन्न सांस्कृतिक नृत्य, कला संस्कृति र परिकार प्रदर्शन गरिएको थियो। कार्यक्रममा मगर समुदायका बालबालिकादेखि वृद्धवृद्धासम्म आफ्नो सांस्कृतिक पोसाकसहित उपस्थित भएका थिए। मगर समुदायले आफ्ना छोरी–चेलीको पूजा गरी यथाशक्य दक्षिणाका साथ आशीर्वाद दिने प्रचलन माघे सङ्क्रान्ति रहिआएको छ। कार्यक्रममा छोरी–चेलीको पूजाका साथै उक्त समुदायको प्रसिद्ध नृत्य हुर्रा, कौरा, मारुनी, झ्याउरे, टप्पा र सालैज्यू नृत्यसहितको गीत–संगीत प्रस्तुत गरिएको थियो। तस्वीरहरू :