हमास लडाकु समूहको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मंगलबार इजरायल र कतारका मन्त्रीसँग फोनवार्ता गरेकी छन्।
काठमाडौँ– हमास लडाकु समूहको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मंगलबार साँझ इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरेकी छन्।
हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री डा. राणाले विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री सारमार्फत इजरायल सरकारसँग आग्रह गरेकी हुन्।
फोनवार्तामा मन्त्री डा. राणाले इजरायल सरकारले विपिनसहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाली युवा विपिनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्नका लागि आग्रह गरेकी थिइन्।
परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार त्यस अवसरमा मन्त्री सारले विपिनको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी मन्त्री डा. राणालाई गराएका थिए।
साथै, विदेशमन्त्री सारले मंगलबार बिहान परराष्ट्रमन्त्री डा राणाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग कुराकानी गरेकामा खुशी व्यक्त गरेका थिए।
मन्त्री अल–खुलाइफी हमाससँगको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता भएकाले उनको भूमिका महत्त्वपूर्ण रहेको इजरायली विदेशमन्त्रीको भनाइ थियो।
मंगलबार बिहान मन्त्री डा. राणाले कतारका विदेश राज्यमन्त्रीसँग फोनवार्ता गरी सोही आग्रह गरेका थिइन्। हमास समूहले केही बन्दी रिहा गर्न लागेको समाचारपछि मन्त्री डा. राणाले इजरायल सरकार र हमाससँग सम्पर्कमा रहेर युद्धविरामका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग सम्पर्क गरी विपिनको रिहाइका लागि अपिल गरिरहेकी छन्। गत हप्ता उनले इजिप्ट सरकारसँग पनि सो आग्रह गरेकी थिइन्।
विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको जनाएको छ। मन्त्री डा राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत विपिनको रिहाइका लागि आग्रह गरेकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
