सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

काठमाडौँ– देशमा पश्चिमी  न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जसको कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।