सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्नेसमेत निर्णय भएको बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।
काठमाडौँ– प्रतिपक्षी दलहरूले संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन्। बुधबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेको हो।
सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्नेसमेत निर्णय भएको बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।
“हिउँदे अधिवेशन छिटोभन्दा छिटो बोलाइयोस् यदि सरकारले अझै पनि यसरी नै संसद्लाई छलेर काम गर्छ भने प्रतिपक्षी दलहरूका तर्फबाट विशेष अधिवेशन आह्वान गर्नेसम्म तयारी हामीले गरिरहेका छौँ। यसमा हाम्रो समझदारी बनेको छ,” उनले भने।
अध्यादेशमार्फत स्वेच्छाकारी ढंगले सरकार सञ्चालन भइरहेको भन्दै उनले यो प्रवृत्तिविरुद्ध आफूहरू एकै ठाउँमा रहेको बताए।
“सरकारले नियमित संसद् अधिवेशन नबोलाएर अध्यादेशमार्फत स्वेच्छाकारी ढंगले सरकार सञ्चालन गर्ने जुन प्रवृत्ति देखाएको छ, त्यसमा हामी ६ दल एकै ठाउँमा छौँ,” उनले भने, “सरकारको यो रवैया बेठिक भयो भन्ने हाम्रो साझा निष्कर्ष छ।”
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठलगायत नेता सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
