डब्लूएचओले तान्जानियाका छिमेकी देशलाई सतर्क रहन र सम्भावित संक्रमणको व्यवस्थापनका लागि तयार रहनसमेत आग्रह गरेको छ।
तान्जानियामा मारबर्ग भाइरसका कारण कारण आठ जनाको मृत्यु भएको छ। तान्जानियाको कागेरा क्षेत्रमा मारबर्ग भाइरसको प्रकोप देखिएको हो।
तान्जानिया र छिमेकी मुलुकमा पनि भाइरस फैलिने जोखिम उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को भनाइ छ। “अहिलेसम्म नौ जनामा संक्रमण देखिएको जानकारी प्राप्त भएको छ। जसमध्ये आठ जनाको मृत्यु भइसकेको छ,” डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले भने, “रोगलाई फैलिन नदिन सावधानी अपनाइएको छ यद्यपि, आगामी दिनमा अझै केही थप संक्रमितहरू फेला पर्न सक्ने सम्भावना छ।”
डब्ल्यूएचओले तान्जानिया सरकार र प्रभावित समुदायलाई आफ्नो पूर्ण सहयोगको आश्वासन दिएको छ। यसअघि छिमेकी मुलुक रुवान्डामा मारबर्गको महामारी फैलिएको थियो। त्यसको एक महिना नबित्दै तान्जानियामा फैलिएको हो।
डब्लूएचओका अनुसार मारबर्गले अत्यधिक संक्रामक ज्वरो निम्त्याउँछ। यो चमेरोबाट सर्छ र इबोला जस्ता भाइरसको एउटै परिवारसँग सम्बन्धित छ।
मारबर्गको ज्वरोसँगै रक्तस्राव र अंग फेल हुने गर्छ र भाइरस संक्रमण पछि हुने मृत्युदर ९० प्रतिशतको हाराहारीमा पुग्न सक्नेछ।
कागेरा क्षेत्रमा मार्च २०२३ मा पहिलो पटक मारबर्गको प्रकोप देखिएको थियो, जुन लगभग दुई महिनासम्म चलेको थियो। जसमा ६ जनाको मृत्यु भएको थियो भने नौ जना संक्रमित भएका थिए।
डब्लूएचओका प्रमुख गेब्रेयेससले भने, “हामी छिमेकी देशलाई सतर्क रहन र सम्भावित संक्रमितको व्यवस्थापनका लागि तयार रहन सुझाव दिन्छौँ। अहिले तान्जानियाको यात्रा वा व्यापार प्रतिबन्धको सिफारिस गर्दैनौँ।”
उनका अनुसार मारबर्ग सजिलै फैलिँदैन। भाइरस सर्नका लागि संक्रमित बिरामीको शरीरबाट आउने तरल पदार्थसँगको सम्पर्क आवश्यक पर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
