आगलागीबाट करिब ५० करोड रुपैयाँ बराबर क्षति भएको र २९ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
काठमाडौँ– देशका विभिन्न जिल्लामा पाँच महिनामा एक हजार ११६ वटा आगलागीका घटना भएका छन्। ती घटनामा १६ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट १४५ जना घाइते भएको जानकारी दिए। उनका अनुसार आगलागीबाट १९० घर, १३० गोठ र एउटा सरकारी कार्यालयको क्षति भएको छ ।
आगलागी नियन्त्रणका लागि आठ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो। आगलागीबाट करिब ५० करोड रुपैयाँ बराबर क्षति भएको र २९ परिवार विस्थापित भएको उनले जानकारी दिए।
सबैभन्दा बढी कोशी प्रदेशमा ३३१ स्थानमा आगलागी भएका छन्। मधेश प्रदेशमा २६९, बागमतीमा ७०, काठमाडौँ उपत्यकामा १४०, गण्डकी प्रदेशमा ८१, लुम्बिनीमा ११४, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ६० वटा आगलागीका घटना भएका छन्।
मंगलबार मात्रै देशभरका १९ ठाउँमा आगलागी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। ती आगलागीबाट दुई जना घाइते भएका प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए।
दैनिक आगलागीका घटना भइरहेकाले आगो, विद्युत् तथा ग्यासका सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। विद्युत् सर्ट, ग्यास चुहिएर र जाडोमा आगो ताप्दा असावधानीलगायत कारणले आगलागीका घटना बढिरहेका प्रवक्ता भट्टराईले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
