वि.स. २०३७ सालमा निर्माण गरिएको धनगढी डिपोको भण्डारण क्षमता हालको बजार मागलाई अपुग हुनुको साथै डिपोको भौतिक पूर्वाधार पनि जीर्ण भएको छ।
काठमाडौँ– नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धिका लागि स्थानान्तरण प्रक्रिया अघि बढाएको छ।
बुधबार निगमले पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी डिपोको स्थानान्तरण, भण्डारण क्षमता अभिवृद्धि एवं नयाँ स्मार्ट डिपो निर्माण सम्बन्धी निर्देशन भए बमोजिम डिपो स्थानान्तरण प्रक्रिया अघि बढाइएको जानकारी दिएको हो।
"सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको पायक पर्ने स्थान अत्तरिया चोकबाट नजिकको स्थानमा जग्गा प्राप्तीका लागि निर्देशन भए बमोजिम साबिक श्रीपुर गाविस वडा नम्बर ७, हाल कैलाली जिल्ला गोदावरी नगरपालिका ८ मा पर्ने अतरिया चोकबाट पूर्वतर्फ करिब ५ किलोमिटरको दूरीमा रहेको पूर्वपश्चिम राजमार्गलाई छुने २० बिघा १६ कट्ठा ८ धुर जग्गा डिपो स्थानान्तरणका लागि उपयुक्त देखिएको छ। तसर्थ उपरोक्त जग्गा प्राप्ति ऐन २०३४ अनुसार प्राप्तिको प्रक्रिया अगाडि बढाउन सिफारिस समेत गरिसकिएको छ," विज्ञप्तिमा भनिएको छ।
नेपाल आयल निगम लिमिटेडले वि सं २०३७ सालमा तत्कालीन पेट्रोलियम पदार्थको मागलाई दृष्टिगत गरी निर्माण गरिएको धनगढी डिपोको भण्डारण क्षमता हालको बजार मागलाई अपुग हुनुको साथै डिपोको भौतिक पूर्वाधार जीर्ण भइरहेको समेत जानकारी दिएको छ।
यसैगरी आयल निगमले एक बिघा ८ कठ्ठामा संचालित धनगढी डिपोको क्षेत्रफल अपर्याप्त हुनुका साथै सुरक्षाको मापदण्डभन्दा बाहिर परेको हुनाले स्थानान्तरण अनिवार्य भएको जनाएको छ।
यसै सन्दर्भमा निगमको आर्थिक वर्ष २०८१–८२ को बजेटमा संचालक समितिद्वारा ‘सबै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने नीति अनुरुप कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइने जानकारी निगमले गराएको छ।
यसैगरी निगमको विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, काठमाडौ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा इन्धन भण्डारण गृह रहेका छन्। हाल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता ७९ हजार ९९० किलोलिटर रहेको छ भने करिब ६०० कर्मचारी निगममा कार्यरत छन्।
वर्तमान समयमा नेपालमा पेट्रोलियम पदार्थको माग १.९ मिलियन टन रहेको छ र वार्षिक १० प्रतिशतका दरले मागमा वृद्धि भइरहेको छ। हाल देशमा हुने कुल ऊर्जा खपतमध्ये १५ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको रहेको छ र मुलुकभर पेट्रोलियम पदार्थको माग निरन्तर बढीरहेको छ। यस तथ्यलाई मध्यनजर गर्दै निगमले आफ्ना डिपोहरूको समयानुकूल स्तरउन्नती गर्दै जानुपर्ने भएकाले नै धनगढी डिपोको स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
