आज नेप्से परिसूचक १.८३ अंकले बढेर दुई हजार ५९५.९६ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– शेयरबजार परिसूचक नेप्सेमा बुधबार झिनो अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक १.८३ अंकले बढेर दुई हजार ५९५.९६ को बिन्दुमा कायम भएको हो।
आज २९९ कम्पनीको एक करोड सात लाख ४५ हजार ४२७ कित्ता शेयर ६३ हजार ३७७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा बैंकिङ समूह ०.८१, वित्त ३.४८, लगानी ०.०७, लघुवित्त ०.५२, म्युचुअल फन्ड ०.१७ र निर्जीवन बिमा ०.४१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।
विकास बैंक १.०८, होटल तथा पर्यटन १.६३, जलविद्युत् १.७६, जीवन बिमा ०.०८, उत्पादन तथा प्रशोधन ०.४८, व्यापार ०.०१ र अन्य समूह ०.०४ प्रतिशतले बढेको छ।
डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ४९ लाख ४४ हजार ७१८ कित्ता शेयर किनबेच भएको छ।
कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको तीन लाख पाँच हजार ४२१ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
