कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा लामिछानेलाई अदालतले धरौटीमा छोड्न आदेश दिएको हो।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको छ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दामा बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले बताए। रविको पक्षमा वरिष्ठ अधिवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौँले पुस २१ गते एक अर्ब १९ करोड ४९ लाख रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको थियो।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा पनि रवि ६५ लाख रुपैयाँ बुझाएर धरौटीमा रिहा भएका थिए। कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि उनी गत आइतबार आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए।
उनीविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा सहकारीको रकम अपचलन गरेको कसुरमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
